इजरायली आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार पुग्यो

नेपालभ्युज

इजरायली आक्रमणमा मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार पुग्यो

काठमाडाैं । गाजा पट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या २० हजार पुगेको छ । अक्टोबर ७ यता ५२ हजार ५८६ अन्य घाइते भएका छन् ।

इजरायली आक्रमणमा मृत्यु भएकामध्ये ८ हजार भन्दा बढी बालबालिका र ६ हजार २ सय महिला छन् ।

यसैबीच वेस्ट बैंकमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ३०१ र घाइतेको संख्या ३ हजार ३६५ पुगेको त्यहाँको मन्त्रालयले जनाएको छ ।

गाजामा गत २४ घण्टामा इजरायलको आक्रमणमा २१४ प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य ३ सय जना घाइते भएका छन् ।

अक्टोबर ७ देखि इजरायलले दक्षिणी इजरायलमा हमासको आक्रमणपछि गाजा पट्टीमा हमासविरुद्ध युद्ध सुरु गरेको थियो । हमासको आक्रमणमा लगभग १ हजार २ सय इजरायलीको पनि ज्यान गएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved