नेप्सेको उकालो यात्रा कायमै, परिसूचक ३५ दशमलव ३९ अंकले बढ्यो

नेपालभ्युज

नेप्सेको उकालो यात्रा कायमै, परिसूचक ३५ दशमलव ३९ अंकले बढ्यो
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको चौथो दिन आज नेप्से परिसूचक ३५ दशमलव ३९ अंकले बढेको छ । लगातार केही दिनयतादेखि बढेर बन्द हुँदै आइरहेको नेप्से आज पनि बढेर २१४१ दशमलव ८७ विन्दुमा पुगेर बन्द भएको छ ।

बुधबार ३०६ कम्पनीको १ लाख ११ हजार ७ सय २३ पटकको कारोबारमा १९ करोड ९६ लाख ३ हजार ६ सय ४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने कारोबार रकम ७ अर्ब माथि रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ९३ अंकले बढेर ४०२ दशमलव ६३ विन्दुमा पुगेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved