काठमाडौं । पछिल्लो समय स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले जहाँ भाषण गर्दा पनि भन्ने एउटा वाक्य हो– उपचार अभावमा कसैलाई पनि मर्न दिइँदैन, बिरामी भए अस्पतालको बेडमा गएर सुतिदिनू, उपचार खर्च सरकारले व्यहोर्छ ।
तर स्वास्थ्यमन्त्री बस्नेतको बोली र व्यवहारमा भने तादम्यता पाइँदैन । किनकि उनकै निर्वाचन क्षेत्र सिन्धुपाल्चोक– २ मा अहिले चारवटा ‘बिरामी बचाउ अभियान’ चलिरहेको छ ।
बस्नेत निर्वाचित क्षेत्रमा अहिले ‘पूर्ण गिरी बचाउ अभियान, मुकेश गिरी बचाउ अभियान र रीता ज्योति बचाउ अभियान’ चलिरहेको छ । यहाँ यसरी अभियान नचलेका वा नचलाइएका थुप्रै बिरामी छन्, जो जीवन–मरणको दोसाँधमा छट्पटाइरहेका छन् ।
त्यसैले स्वास्थ्यमन्त्री बस्नेतले ‘उपचार अभावमा कसैलाई मर्न दिइँदैन’ भनेर गर्ने भाषण सस्तो लोकप्रियता र सार्वजनिक खपतका लागि मात्रै भएको सिन्धुका बासिन्दाले बताइरहेका छन् ।
Facebook Comment
Comment