काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपाली जनताले मुलुकको बाघडोर एमालेलाई सुम्पिन चाहेको दाबी गरेका छन् ।
पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ यात्राको क्रममा जनताले भोगेका सबै समस्याको समाधान गर्न पनि मुलुकको शासनसत्ता एमालेले लिनुपर्ने र त्यसको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गनुपर्ने आम जनताको चाहना रहेको आफूहरुले पाएको उपाध्यक्ष पौडेलको दाबी थियो ।
न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उनले आम जनताले एमालेप्रति असाधारण आशा, भरोसा र विश्वास गरेको जिकिर गर्दै त्यसलाई महत्वपूर्ण पुँजीको रुपमा ग्रहण गरेर अघि बढ्ने बताए ।
देशलाई सुःख, शान्ति र समृद्धिको यात्रामा अघि बढाउन एमालेको विकल्प नभएको पनि उनको भनाइ थियो ।
उपाध्यक्ष पौडेलले संकल्प यात्राको क्रममा पाएका सबै सुझावहरुलाई सूचीकृत गरेर एमाले आगामी दिनमा अघि बढ्ने पनि बताए ।
Facebook Comment
Comment