ट्रम्प आगामी राष्ट्रपति उम्मेदवारका लागि अयोग्य ठहर

नेपालभ्युज

ट्रम्प आगामी राष्ट्रपति उम्मेदवारका लागि अयोग्य ठहर

काठमाडौं । अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी राष्ट्रपतिको निर्वाचनमा भाग लिन नपाउने ठहर गरेको छ ।

अमेरिकी संविधानविरुद्ध विद्रोह गरेको अभियोगमा अदालतले ट्रम्पलाई राष्ट्रपतिको निर्वाचनमा भाग लिन अयोग्य ठहर गरेको हो ।

अदालतले ट्रम्पलाई राष्ट्रपति पद धारण गर्न अयोग्य रहेको भन्दै निर्वाचन आयोगले उम्मेदवारको रुपमा स्विकारे चुनाव संहिताअन्तर्गतको गलत कार्य हुने उल्लेख गरेको छ ।

यो फैसलाविरुद्ध ट्रम्पले अमेरिकाको सर्वोच्च अदालतमा अपील गर्ने बताएका छन् । उनले आफ्नो चुनावी अभियान पनि नरोक्ने प्रतिक्रिया दिएका छन् ।

ट्रम्पमाथि सन् २०२१ मा राजधानीमा भएको दंगा भड्काउन प्रत्यक्ष संलग्न रहेको अभियोग लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved