जाडोमा शखरखण्डलाई किन मानिन्छ ‘सुपरफुड’ ?

नेपालभ्युज

जाडोमा शखरखण्डलाई किन मानिन्छ ‘सुपरफुड’ ?

एजेन्सी । शखरखण्ड वा गन्जीमा पोषक तत्वहरु भरपूर मात्रामा पाइन्छ । दुई सय ग्राम शखरखण्डमा चार ग्राम प्रोटिन पाइन्छ । यसमा फाइबर, भिटामिन तथा मिनरल्स एकदमै धेरै हुन्छन् ।

यसमा पाइने भिटामिन तथा मिनरल्सले विभिन्न रोगबाट पनि जोगाउँछ । यो मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ ।

चिसो मौसममा यो खाँदा रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ । साथमा यो रगतको कमी हुन नदिनका लागि पनि असरदार हुन्छ । शखरखण्ड उच्च रक्तचापका बिरामीका लागि पनि एकदमै लाभकारी मानिन्छ ।

शरीरसँगै यो आँखाको स्वास्थ्यका लागि पनि उत्तम हुन्छ । यसलाई बच्चाले पनि खान मन पराउँछन् । त्यसैले तपाईंले यो बच्चालाई दैनिक रुपमा दिन सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved