प्राइम कमर्सियलले लाभांश वितरण नगर्ने 

नेपालभ्युज

प्राइम कमर्सियलले लाभांश वितरण नगर्ने 

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयर धनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ । मंगलबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

आर्थिक वर्ष २०७९–८०को कुल मुनाफाबाट सेयर धनीहरूलाई लाभांश नदिने र सोहीअनुरूपको वित्तीय विवरण बैंकले केन्द्रीय बैंकलाई पठाउने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकबाट उक्त विवरण स्वीकृत भएपछि बैंकको वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गरिने भएको छ ।

योसँगै यस वर्ष प्राइम कमर्सियल बैंकका लगानीकर्ताहरूको हात खाली हुने भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved