रुसी सेनामा गएका कैलालीका शाहको मृत्यु, प्रतिमा बनाएर दाहसंस्कार

नेपालभ्युज

रुसी सेनामा गएका कैलालीका शाहको मृत्यु, प्रतिमा बनाएर दाहसंस्कार

काठमाडौं । रुसी सेनामा गएका एक नेपाली युवाको मृत्यु भएको छ । तीन महिनाअघि रुसी सेनामा भर्ना भएका कैलाली टीकापुरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको हो ।

भरतको मृत्युबारे हालसम्म परराष्ट्र मन्त्रालय र रुसी सरकारले परिवारलाई ‌औपचारिक रुपमा जानकारी दिएको छैन तर परिवारले भने शाहको प्रतिमा बनाएर दाहसंस्कार गरिसकेको छ ।

सात वर्ष नेपाल प्रहरीमा काम गरेका शाह तीन वर्षअघि प्रहरीबाट राजीनामा गरेर दुबई गएका थिए । दुबईमा उनी गार्डको काम गर्थे । उनी तीन महिनाअघि रुसी सेनामा भर्ना भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved