एजेन्सी । इकोनोमिस्ट इन्टेलीजेन्स युनिट (इआइयु) ले बस्नका लागि सबैभन्दा महँगा विश्वका १० सहरको सूची सार्वजनिक गरेको छ । इआइयुले प्रत्येक वर्ष महँगो सहरको सूची सार्वजनिक गर्दछ।
इआइयुको सर्वेक्षण अनुसार यस वर्ष पनि सिंगापुर सबैभन्दा महँगो सहरको पहिलो नम्बरमा परेको छ। यो सँगै सिंगापुर ९ पटक विश्वकै सबैभन्दा महँगो सहरको सूचीको पहिलो नम्बरमा परेको छ।
संयुक्त राज्य अमेरिकाको न्युयोर्क सिटीलाई पछि पार्दै स्विट्जरल्याण्डको ज्युरिच दोस्रो महँगो सहर बनेको इआइयुले जनाएको छ। अघिल्लो वर्ष दोस्रो नम्बरमा परेको न्यूयोर्क सिटी यसपालि एक स्थान तल झरेर तेस्रोमा पुगेको छ ।
यस्तै चौथो स्थानमा स्विट्जरल्याण्डको जेनेभा, पाचौंमा हङकङ, छैटौंमा लस एन्जलस, सातौंमा पेरिस, आठौंमा कोपनहेगन, नवौंमा इजराइलको तेल अविभ र दसौंमा सान फ्रान्सिस्को परेको सर्वेक्षणले देखाएको छ । उक्त सर्वेक्षण अगस्ट १४ देखि सेप्टेम्बर ११ सम्म गरिएको थियो
सोही आधारमा इआइयुले बस्नका लागि संसारकै सस्तो १० सहरहरूको पनि नाम सार्वजनिक गरेको छ । इआइयुको सर्वेक्षण अनुसार सबैभन्दा सस्तो सहरको शीर्षस्थानमा सिरियाको दमास्कस छ। दोस्रो स्थानमा इरानको तेहरान छ । यस्तै लिवियाको त्रिपोली तेस्रो स्थानमा , पाकिस्तानको कराँची चौथो स्थानमा परेको छ । पाचौंमा उव्जेकिस्तानको तासकेन्त रहेको छ । ट्युनिसियाको ट्युनिस, जाम्बियाको लुकाशा, भारतको अहमदावाद, नाइजेरियाको लागोस नवौं स्थानमा परेको छ । भारतको चेन्नई दशौं स्थानमा छ ।
Facebook Comment
Comment