जाडोमा धनियाँलाई फेल गर्ने मेथीको चटनी

नेपालभ्युज

जाडोमा धनियाँलाई फेल गर्ने मेथीको चटनी

एजेन्सी । धनियाँको चटनीको स्वाद त तपाईंले सधैं लिइरहनु भएको छ र मन पनि पर्छ । तर तपाईंले कहिल्यै मेथीको चटनी बनाएर खानु भएको छ ?

मेथी दाना स्वादमा तितो हुन्छ । त्यसैले सुन्दा यसको चटनी खासै स्वादिष्ट हुँदैन जस्तो लाग्न सक्छ । तर एकपटक बनाएर खानुभयो भने तपाईं सधैं बनाउनुहुनेछ ।

यो चटनीले तपाईंका पेटका धेरै समस्या पनि ठिक पार्छ । ग्यास, कब्जियत आदिमा यसको सेवन गर्न सकिन्छ । आउनुहोस् जानौं यो बनाउने तरिका–

सबैभन्दा पहिला मेथी दानालाई एउटा कचौरामा एक घण्टाका लागि भिजाएर राख्नुहोस् । यसले तितोपन निस्कन्छ र मेथी भिजेर मुलायम हुन्छ ।

त्यसपछि ग्यासमा प्यान बसाली दुई चम्चा तोरीको तेल राखेर तताउनुहोस् र यसमा जिरा, अदुवा तथा सोंफ रोखेर भुट्नुहोस् ।

जब वासना आउन थाल्छ त्यसमा भिजेको मेथी दानालाई पानी तारेर राख्नुहोस् । २–३ मिनेटसम्म यसलाई चलाएर भुट्नुहोस् । त्यसपछि रातो खुर्सानी, कालो मरिच, बेसार, गुँडका साना टुक्रा तथा चिनी राखेर मिसाउनुहोस् ।

अब यसलाई त्यतिबेलासम्म पकाउनुहोस् जबसम्म चिनी र गुँड पूर्ण रुपमा पग्लिन्छ । तपाईंको चटनी तयार भइसकेको छ । यसलाई फ्रिजमा स्टोर गरेर एक हप्तासम्म खान सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved