काठमाडौ। मानिसको जिवनमा कहिँ न कहिँ घटिरहने केही सत्य घटनाहरुको कथा संगालेर तयार पारिएको नाटक ‘मोन्टेज’ सिनामंगलस्थित पुरानो घर थिएटरमा यहीँ मंसिर २२ गतेदेखि मञ्चन भइरहेको छ।
‘मोन्टेज’ मा, तरुण अवस्थामा हुने प्रेम र त्यसको असर बोकेको ‘फर्स्ट किस’, आधुनिक सभ्यता र संस्कार बिचको घृणा बोकेको ‘धोती भर्सेस ब्रा’ र शंकै शंका बिचको मायामा रुमलिएको कथा बोकेको ‘इङ्गेजमेण्ट रिंग’ समाबेस गरिएको छ।
जिवन भनेकै विभिन्न कथाहरुको संगालो हो। नाटक ‘मोन्टेज’ यिनै कथाहरुको साना साना दृश्यहरु समाबेश गरेर तयार पारिएको छ।
सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा सुलक्षण भारती, रोश्नी कार्की, कुन्दन, निशा दाहाल, रितेश कार्की, सनम श्रेष्ठ, शिशिर गिरी, श्रवण यादव, पुजा तामाङ, अनमोल क्षेत्री अधिकारी, अरविन्द कुमार मौर्य, रौनक कार्की, सोनिया लामा, प्रेम सागर सेजुवाल, इनारा बानु, शिला निरौलाको अभिनय रहेको छ
राजकमल र पुजा विश्वकर्माको संगित रहेको नाटक ‘मोन्टेज’ यहि पौष १५ गतेसम्म सोमबार बाहेक हरेक साँझ ५ बजे मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो मञ्चन हुने थिएटरले जनाएको छ।
Facebook Comment
Comment