इजरायलले अन्तर्राष्ट्रिय समर्थन गुमाउन थाल्यो : राष्ट्रपति बाइडेन

नेपालभ्युज

इजरायलले अन्तर्राष्ट्रिय समर्थन गुमाउन थाल्यो : राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपती जो बाइडेनले गाजामा गरेको बमबारीका कारण इजरायलले अन्तर्राष्ट्रिय समर्थन गुमाउन थालेको बताएका छन् ।

मानवीय संवेदनासमेतलाई ख्याल नगरी इजरायल नेतृत्व निर्दयी बनेको राष्ट्रपति बाइडेनको भनाई छ ।

कोष सङ्कलन कार्यक्रममा दाताहरूलाई गरेको सम्बोधनका क्रममा राष्ट्रपति वाइडेनले गरेको पछिल्लो टिप्पणीसँगै इजरायल प्रति विश्वव्यापीरुपमा असन्तुष्टि व्यक्त भएका छन् ।

अमेरिकाबाट आएको पछिल्लो अभिव्यक्ति इजरायलको नेतृत्वको अहिलेसम्मकै सबैभन्दा कडा आलोचना हो । इजरायलको सैन्य अभियानलाई रोक्न डेमोक्र्याटिक पार्टी भित्रै पनि अमेरिकी नेताहरुलाई दबाब बढ्न थालेको बीबीसीले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले आफ्नो भूमि र बन्धकलाई मुक्त गर्नका लागि हमासलाई ध्वस्त पार्ने लक्ष्यका लागि आफुलाई अमेरिकाको पूर्ण समर्थन रहेको बताएका थिए ।

अमेरिकी उच्च अधिकारीहरूले पनि इजरायलको पछिल्लो प्रतिक्रियामा तिब्र असन्तुष्टि जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved