काठमाडौं । झुलाघाट-चिवाभञ्ज्याङ यात्राको क्रममा कोशी प्रदेश प्रवेश गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावनामा बहेर भन्दा पनि औचित्यका आधारमा पहिचानको मुद्दा उठाउनुपर्ने तर्क गरेका छन् ।
यात्राको क्रममा ओखलढुंगाको हर्कपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले औचित्यका आधारमा पहिचानको खोजी गर्नुपर्ने बताएका हुन् ।
अहिलेको गठबन्धन सरकार साम्प्रदायिकताको जगमा उठेको आरोप लगाउँदै उनले सबै जातजाति एवम् भाषाभाषीको एकतामा जोड दिएका हुन् ।
‘जनताका बीचमा फाटो ल्याउने होइन । जनताका बीचमा राष्ट्रिय एकता बनाउनुपर्छ’, उनले भने, ‘राजनीतिक विचारमा मतभेद हुनसक्छ । ती मतभेदको समाधन गर्ने वैधानिक प्रक्रिया छन् । औचित्यको आधारमा समस्याको समाधान गर्नुपर्छ ।’
एमाले पहिचानविरोधी भएको भन्दै कोशीमा आलोचना भइरहेको छ ।
Facebook Comment
Comment