काठमाडौं। नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले आफूले सभापतिको निर्वाचन हारेमा प्रधानमन्त्रीबाट पनि हटाउने प्रयास हुनसक्ने बताएका छन्। १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका देउवाले कांग्रेस बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा नैतिकताको प्रश्न उठाएर हटाउन सक्ने बताएका हुन्।
देशको प्रधानमन्त्रीले हार्यो भनेर प्रधानमन्त्रीबाट हटाउन सक्ने देउवाले बताए। ‘‘यहाँ सभापति हार्ने–जित्ने भन्दा पनि प्रधानमन्त्री हार्ने–जित्ने हो भन्ने सन्दर्भमा मैले भनेको हुँ। म अहिले सभापति छु, प्रधानमन्त्री पनि छु। सभापतिमा हारेँ भने प्रधानमन्त्री हार्यो भन्छन्, नैतिकताको कुरा उठाउँछन् र हटाउँछन्’’ उनले भने।
उनले आफूले सभापति जिते चुनावसम्म यही सरकार जाने र गाउँदेखि केन्द्रसम्म कांग्रेसको बहुमतको सरकार हुने उनले दाबी गरे । उनले आफ्नो नेतृत्वमा सरकार बनेपछि जनतामा उत्साह छाएको समेत बताए।
Facebook Comment
Comment