महासचिव गुटेरेसले भने- हमासको क्रूरतालाई उचित मान्न सकिँदैन

नेपालभ्युज

महासचिव गुटेरेसले भने- हमासको क्रूरतालाई उचित मान्न सकिँदैन

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हमासले प्यालेस्टिनीहरूमाथि गरेको क्रूरतापूर्ण सामूहिक सजायलाई कसैले पनि जायज ठहराउन नसक्ने बताएका छन् । इजराइलले गाजापट्टीमा हमासविरुद्धको कारबाहीलाई जोड दिइरहेको बेला गुटेरेसको यस्तो भनाइ आएको हो ।

हमास सञ्चालित गाजामा स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडाअनुसार अधिकांश महिला र बालबालिकासहित १७ हजार एक सय ७० जनाको मृत्यु भएको छ। गाजामा हत्याको क्रम नरोकिएपछि महासचिव गुटेरेसले राष्ट्रसङ्घको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

उनले भनेका छन्, “गाजामा अझै पनि करिब एक सय ३० जनलाई बन्धक बनाइएको छ । म उनीहरूको तत्काल र बिनाशर्त रिहाइको माग गर्दछु । साथै उनीहरू रिहाइ नभएसम्म रेडक्रसको अन्तर्राष्ट्रिय समितिबाट उनीहरूको मानवीय व्यवहार र भेटघाटका लागि माग गर्दछु । हमासद्वारा गरिएको क्रूरताले कहिले पनि प्यालेस्टिनीहरूमाथिको सामूहिक सजायलाई जायज ठहराउन सक्तैन ।”

अक्टोबर ७ मा दक्षिणी इजराइलमा हमासले अचानक हमला गरेपछि सुरू भएको युद्धमा इजराइलले इस्लामिक आन्दोलनलाई नष्ट गर्ने बाचा गर्दै गाजामाथि लगातार बमबारी गरिरहेको छ ।

गाजामा उनले ट्याङ्क तथा स्थल सेना पठाएको छ । इजराइलका अनुसार हमासले हमला गरेर करिब एक हजार दुई सय नागरिकको मारेको छ भने एक सय ३८ जनालाई बन्धक बनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved