काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको बताएका छन् । शुक्रबार पोखरामा आयोजित महाकाली—मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले वर्तमान सत्तागठबन्धन नेकपा एमालेको विरोध गर्ने काममा मात्रै लागेको आरोप लगाए। उनले देश एमाले पार्टी बाहेकले बनाउन नसक्ने जिकिर गरे । उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको बताए। उनले यस अवस्थालाई तोड्नका लागि नेकपा एमालेले मिसन ०८४ अघि सारेको भनाइ राखे ।
अध्यक्ष ओलीले एमाले अहिलेका समस्या समाधानका लागि जनताको आवाज सुन्न यात्रामा निस्किएको बताए ।
Facebook Comment
Comment