काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एकसेलको शेयर खरिदबिक्री प्रकरणमा सरकारकै नियतमाथि शंका गरेका छन् । यसअघि एनसेलको करछलीमा सघाएका व्यक्तिलाई नै छानबिन समितिको संयोजक बनाएको भन्दै लामिछानेले सरकारको नियतमाथि शंका गरेका हुन् ।
पार्टीको कार्यक्रममका सिलसिलामा कतार पुगेका लामिछानेले भिडिओ सन्देशमार्फत गठबन्धनले एनसेललाई नियोजितरुपमा उन्मुक्ति दिन लागेको आरोपसमेत लगाएका छन् । सरकारलाई तिनुपर्ने कर नतिरी कुनै पनि कम्पनी उम्कन नपाउने कुरा प्रष्ट हुँदाहुँदै छानबिन समिति बनाएर सरकारले विषयलाई अल्मल्याउने खोजेको तर्क गरे ।
शुक्रबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भौतिक रुपमा उपस्थित हुन नपाएपछि उनले भर्चुअल माध्यमबाट कुरा राख्न खोजेको तर नपाएपछि सामाजिक सञ्जालमार्फत् आफ्नो कुरा सार्वजनिक गरेको बताएका छ ।
Facebook Comment
Comment