एनएसएलमा झापा र काठमाडौंको गोलरहित बराबरी

नेपालभ्युज

एनएसएलमा झापा र काठमाडौंको गोलरहित बराबरी

काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबलमा झापा एफसी  र काठमाडौं रेजर्सबीचको खेल बराबरीमा सकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको झापा र काठमाडौंबीचको खेल गोलरहित बराबरीमा सकिएको हो। दुवै टोलीको निरन्तर प्रयासमा पनि गोल हुन सकेन। यससँगै दुवै टोलीले अंक बाडेका छन्।

प्रतियोगितामा झापाले आफ्नो तेस्रो खेलसम्म आइसक्दा पनि जित हासिल गर्न भने सकेको छैन। काठमाडौंले भने दोस्रो जित हासिल गर्न असफल भएको छ।

यससँगै झापाले ३ खेलबाट २ अंक जोडेको छ। काठमाडौंले भने २ खेलबाट ५ अंक जोडेको छ। मंगलबार हुने खेलमा वीरगन्ज युनाइटेड र ललितपुर सिटी फुटबल क्लब आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved