इजरायल र हमासबीच युद्ध विरामको म्याद थप्ने प्रयास

नागरिकको रक्षाका लागि इजरायल लचिलो बन्नु पर्ने

नेपालभ्युज

इजरायल र हमासबीच युद्ध विरामको म्याद थप्ने प्रयास

काठमाडौं । इजरायल र हमासबीचको जारी युद्धविराम थप गर्ने विषयमा भइरहेका छलफल सकारात्मक देखिएको छ ।

कतारको मध्यस्थतामा जारी छलफललाई निश्कर्षमा पु¥याउन अमेरिकाले समेत जोड दिइरहेको छ । नागरिकको जीवन रक्षाका लागि पनि इजरायल थप गम्भिर हुनुपर्ने अमेरिकाको राय छ ।

मध्यपूर्वी मुलुकको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नागरिकको हितका लागि इजरायलले अस्थायी युद्धविरामका लागि लचिलो हुनु पर्ने बताएका छन् । कतार, इजिप्ट र इजरायलसँग अमेरिकाले वार्ता गरिरहेको छ ।

यसैबीच अस्थायी युद्ध विरामको सातौं दिन हिजो हमासले ६ जना नागरिक मुक्त गरेको इजरायलले जनाएको छ । बदलामा इजरायलले भने ३० प्यालेस्टिनीलाई रिहा गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved