जेरुसेलममा मृत्यु हुनेको संख्या ३ पुग्यो, आक्रमणकारीहरु हमासको सदस्य

नेपालभ्युज

जेरुसेलममा मृत्यु हुनेको संख्या ३ पुग्यो, आक्रमणकारीहरु हमासको सदस्य

काठमाडौं। जेरुसेलममा गोली चलेको घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ।

जेरुसेलमस्थित एक बस स्टपमा गोली चल्दा ३ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ। ३ मध्ये एक २४ वर्षीया महिला, अन्य एक मृतक करिब ७० वर्षीय पुरुष रहेका छन्। अन्य एक मृतकबारे थप जानकारी आउन बाँकी छ।

सो घटनामा १६ मानिस घाइते हुँदा ३ जनाको अवस्था गम्भीर रहेको थियो। प्रारम्भिक अनुसन्धानले बन्दुकधारी आक्रमणकारी बस स्टपमा आएर नागरिकमाथि गोली प्रहार गर्न सुरु गरेको खुलेको छ। आक्रमणकारीहरुले एम १६ राईफल र ह्यान्डगन बोकेका थिए। प्रहरीले दुवैलाई घटनास्थलमा नै गोली हानेको थियो।

उनीहरुको कारबाट पनि हतियार बरामद गरेको प्रहरीले जनाएको छ। इजरायलको राष्ट्रिय सुरक्षा मन्त्री इटामा बेन गभिरले भने दुवै आक्रमणकारी प्यालेस्टिनी अतिवादी समूह हमासको सदस्य भएको बताए। उनले सो आक्रमणसँगै आमनागरिकलाई इजरायलमा हतियार वितरण गर्नुपर्ने आवश्यकता देखिएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved