भारतको उत्तरकाशीमा सुरुङमा फसेका ४१ मजदुरलाई १७ दिनपछि बाहिर निकालिँदै

सुरुङ निर्माणका क्रममा भित्र जमिन भासिएपछि मजदुर थुनिएका थिए । लामो समयको प्रयासपछि आज बेलुका मजदुरसम्म पुग्ने पाइप हाल्न उद्धारकर्मी सफल भएका हुन् ।

नेपालभ्युज

भारतको उत्तरकाशीमा सुरुङमा फसेका ४१ मजदुरलाई १७ दिनपछि बाहिर निकालिँदै

काठमाडौं । भारतको उत्तरकाशीमा एक निर्माणाधीन सुरुङमा १७ दिनदेखि फसिरहेका ४१ जना मजदुरको उद्धार हुँदैछ ।

सुरुङ निर्माणका क्रममा भित्र जमिन भासिएपछि मजदुर थुनिएका थिए । लामो समयको प्रयासपछि आज बेलुका मजदुरसम्म पुग्ने पाइप हाल्न उद्धारकर्मी सफल भएका हुन् ।

अहिले मजदुरहरुलाई पालैपालो गरेर सुरुङबाट निकाल्ने प्रयास भैरहेको छ । बाहिर एम्बुलेन्स तैनाथ गरिएको छ । आफन्तको लामो समयसम्म पनि उद्धार हुन नसक्दा परिवारजन चिन्तामा परेका थिए ।

अर्को स्थानमा ड्रिल गरेर मजदुर फसेको स्थानसम्म बाटो बनाइएको हो । सुरुङबाट निकालेपछि हरेक मजदुरलाई छुट्टाछुट्टै एम्बुलेन्समा राखेर उपचारकेन्द्रमा लैजाने तयारी गरिएको छ ।

ड्रिल गर्ने काम सकिएपछि उद्धारकर्मी, उत्तराखण्डका मुख्यमन्त्री र चिकित्सक सुरुङमा पसेका थिए । अस्पताल लैजानु अघि मजदुरले सुरुङबाहिर आफन्तसँग भेट गर्नेछन् ।

क्यामराको सहायताबाट मजदुरको निगरानी गरिएको थियो । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । उद्दारको काम सम्पन्न हुन भोलि विहानसम्मको समय लाग्न सक्ने बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved