रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजदेखि मधेसमा बस्दै

नेपालभ्युज

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आजदेखि मधेसमा बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आजदेखि सुरु हुदै छ ।

बैठक आजदेखि तीनदिनसम्म बस्ने रास्वपाले जनाएको छ । केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र प्रदेश सभापतिहरूको समेत सहभागिता रहने  छ ।

बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक, अनुशासनसम्बन्धी प्रतिवेदन प्रस्तुत हुनुका साथै सांसद र संसदीय कार्यको समीक्षा, पार्टीको समग्र रणनीति र महाधिवेशनलगायत विषयमा छलफल हुने सांसद गणेश पराजुलीले जानकारी दिए ।

सांसद पराजुलीले मधेस प्रदेशमा संगठन निर्माणलगायतका विषय पनि एजेण्डा समावेश गरिएको बताए ।

रास्वपाका सभापति रवि लामिछाने मधेसका जिल्लामा संगठन विस्तार गर्न गत शुक्रवारदेखि नै खटिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved