काठमाडौं । मुलुकभरको तापक्रम निरन्तर घट्ने क्रममा छ । देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । ती क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा भने आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का भने हिमपातको सम्भावना छ ।
मुलुकभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।
Facebook Comment
Comment