हेटौंडामा ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

नेपालभ्युज

हेटौंडामा ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

हेटौंडा। मकवानपुरको हेटौंडामा आइतबार ट्रकले ठक्कर दिँदा एक महिला पैदल यात्रीको मृत्यु भएको छ। हेटौँडा–६ चौघडामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको प्रहरीको भनाइ छ।

ट्रकको ठक्करबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६, चौघडाकी ३६ वर्षीय निरा बजगाईँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

बजागाईंलाई कान्ति लोक पथअन्तर्गत हेटौंडा-६ स्थित शान्ति टोलमा हेटौंडा शिवम् सिमेन्ट फ्याक्ट्रीबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना.७ ख १८१६ ट्रकले ठक्कर दिएको थियो। बजगाईंको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बजगाईंको मृत्युपछि आक्रोशित बनेका स्थानीयले कान्ति लोक पथ सडक अवरुद्ध पारेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved