हिँडिरहेको युवकमाथि खुकुरी प्रहार, तीन जना पक्राउ

नेपालभ्युज

हिँडिरहेको युवकमाथि खुकुरी प्रहार, तीन जना पक्राउ
सांकेतिक तस्वीर

दाङ। दाङमा हिँडिरहेको एक युवकमाथि खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले दाङको घोराहीबाट तीन जनालाई पक्राउ गरेको हो। खुकुरी प्रहार गरी फरार भएका तीनै जनालाई घोराही उपमहानगरपालिका–९ तेघरामा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी सुशिल थापामगरले जानकारी दिए।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ का २४ वर्षीय शैलेश शाह, घोराही–१५ का २५ वर्षीय मिस्चल बुढामगर र घोराही–१५ कै २५ वर्षीय नवराज श्रेष्ठ रहेका छन्।

उनीहरूले घोराही उपमहानगरपालिका–१५ गोरखा हस्पिटल रोड नजिकै हिँडिरहेको अवस्थामा घोराही–१५ का २१ वर्षीय कृतिक बुढामगरलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका थिए।

गम्भीर घाइते कृतिकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको भए पनि त्यहाँ पनि उपचार सम्भव नभएपछि अहिले काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved