नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणमा ध्यान दिन विश्व समुदायलाई प्रधानमन्त्रीको अपिल

नेपालभ्युज

नेपालमा जलवायु परिवर्तनको असर न्यूनीकरणमा ध्यान दिन विश्व समुदायलाई प्रधानमन्त्रीको अपिल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण नेपालमा परेको असर न्यूनीकरणका लागि ध्यान दिन विश्व समुदायलाई अपिल गरेका छन् । नेपाल पर्वतारोहण संघले शनिबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर, कालपत्थरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो अपिल गरेका हुन्।

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणबाट आफूले जलवायु परिवर्तनले नेपालमा पारेर नकारात्मक असर न्यूनीकरणका लागि जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २८ औं सम्मेलन –कोप–२८) बाट ठूलो सहयोग प्राप्त हुने अपेक्षा गरिएको पनि बताए । उनले नेपालमा जलवायु परिवर्तनका पारेका असरबारे सो सम्मेलनमा स्पष्ट कुरा राख्ने पनि बताए ।

सो अवसरमा प्रधानमन्त्री दाहालले खुम्बु क्षेत्रको विकास तथा विस्तार, सगरमाथाको सफाई र सुरक्षाको कामलाई प्रभावकारी बनाउनका लागि आवश्यक कार्यविधि बनाउने आश्वासन समेत दिए । उनले कालापत्थरमा झण्डोत्तोलन पनि गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved