काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाललाई विदेशीहरुको क्रिडास्थल बनाउन एमाले र नेपाली सेनामाथि प्रहार भइरहेको बताएका छन् ।
शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली सेना र नेकपा एमाले कमजोर बनाउन सके राष्ट्रलाई विदेशीहरुको क्रिडास्थल बनाउन सकिने मनशायले नेकपा एमालेमाथि प्रहार भइरहेको बताए ।
उनले सत्तामा रहनेहरुको प्रहारको निशाना, आफूलाई वैकल्पिक शक्ति भनेर आउनेहरुको निुसानामा र प्रतिगामीहरुको निशानामा नेकपा एमाले किन ? भन्दै प्रश्न गरे । उनले यो प्रहार एमालेमाथिको प्रहार नभइ देशभक्त शक्तिमाथिको प्रहार भएको दाबी गरे । उनले एमाले नेतृत्वमाथिको प्रहार नेपाली जनताको भविष्यमाथिको प्रहार भएको बताए ।
महासचिव पोखरेलले राष्ट्रनिर्माणको नयाँ यात्रा आरम्भ गर्नका लागि अब नेकपा एमाले संवद्ध युवा विद्यार्थी संगठनहरु जुर्मुराएको बताए ।
Facebook Comment
Comment