राष्ट्रपतिले कांग्रेसको प्रतिनिधि भएर काम गरेको एमाले अध्यक्ष ओलीको आरोप

नेपालभ्युज

राष्ट्रपतिले कांग्रेसको प्रतिनिधि भएर काम गरेको एमाले अध्यक्ष ओलीको आरोप
फाइल फोटो

 काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिनिधिको रुपमा काम गरिरहेको आरोप लगाएका छन् ।

राष्ट्रपतिले तनहुँमा पुगेर कांग्रेसमा भोट हालेकोमा धन्यवाद दिएको र भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि कांग्रेसको प्रतिनिधिको रुपमा पुगेको ओलीको जिकिर थियो ।

पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित आयोजित विशेष भेलामा उनले राष्ट्रपति पौडेलको सुरुदेखि नै पदीय निष्पक्षतामाथि प्रश्न उठेको दाबी गर्दै अलोकतान्त्रिक, पक्षपातपूर्ण र संविधान सिध्याउने काममा लागि परेको बताए ।

संविधानअनुसार राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल दुवै नचलेको अध्यक्ष ओलीको भनाइ थियो । ओलीले भूकम्प पीडितको राहतमा खटिएका सेना र प्रहरीको काम गर्न नदिने गरी किन जाजरकोट जानु परेको भनि राष्ट्रपति पौडेललाई प्रश्न समेत गरे ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल र सरकारका मन्त्रीहरुले भूकम्प प्रभावित क्षेत्रमा गएर माओवादीका अध्यक्ष र मन्त्रीहरुको रुपमा काम गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved