काठमाडौं ल्याउने तयारी गर्दागर्दै खोटाङमा १० दिनकी सुत्केरीको ज्यान गयो

नेपालभ्युज

काठमाडौं ल्याउने तयारी गर्दागर्दै खोटाङमा १० दिनकी सुत्केरीको ज्यान गयो

काठमाडौं । श्वासप्रश्वासमा समस्या देखिएपछि खोटाङमा १० दिनकी सुत्केरीको ज्यान गएको छ । जिल्ला अस्पताल दिक्तेलमा पु¥याइएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी जेनिसा शैंजूको ज्यान गएको हो ।

कात्तिक १८ गते छोरीलाई जन्म दिएकी शैंजूको सोमबार राति ज्यान गएको हो । श्वास फेर्न अप्ठ्यारो भएपछि जेनिसालाई सोमबार बिहान जिल्ला अस्पताल लगिएको थियो । तर एक्स–रे लगायतका जाँचका क्रममा सामान्य देखिएपछि उनी घर फर्किएकी थिइन् ।

राति पुनः श्वास फेर्न अप्ठ्यारो भएपछि उनलाई अटो रिक्सामा राखेर जिल्ला अस्पताल लगिएको थियो ।

स्वास्थ्यमा जटिल समस्या देखिएपछि स्वास्थ्यकर्मीले अन्यत्र लैजान सुझाव दिएपछि गाडी खोजेर काठमाण्डौ लैजाने तयारी गर्दागर्दै सुत्केरीको ज्यान गएको बाम्राङका वडाध्यक्ष महेन्द्र राईले बताए ।

जेनिसा खोटाङ अटोलिङ्क प्रालिमा कार्यरत थिइन् । सुत्केरीको शरीरमा अक्सिजनको मात्रा घटेर न्यून देखिएको थियो । जेनिसाले जिल्ला अस्पतालमै सामान्य अवस्थामा छोरीलाई जन्म दिएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved