भूकम्पपीडितका लागि टहरा बनाउन आफैं खटिए गगन-विश्वप्रकाश

नेपालभ्युज

भूकम्पपीडितका लागि टहरा बनाउन आफैं खटिए गगन-विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भूकम्प प्रभावित क्षेत्रमा खटिएका छन् । उनीहरु भूकम्पपीडितका लागि अस्थायी टहरा बनाउनका लागि आफैं खटिएका छन् ।

अघिल्लो शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम क्षेत्र नराम्ररी प्रभावित भएको छ । भूकम्पपछि राष्ट्रपति, प्रधानमन्त्रीसँगै मन्त्रीहरु र विभिन्न दलका नेता भूकम्प पीडितको घाउमा मल्हम लगाउन त्यसतर्फ गइरहेका छन् ।

त्यसैक्रममा भूकम्प प्रभावित क्षेत्रमा पुगेका थापा र शर्मा भूकम्पपीडितको अस्थायी टहरा बनाउन आफैं खटिएका हुन् ।

भूकम्पका कारण १५४ जनाको मृत्यु भएको छ भने हजारौं नागरिक घरबारविहीन भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved