धनुषाको एसपीमा मित्रबन्धु शर्मा

नेपालभ्युज

धनुषाको एसपीमा मित्रबन्धु शर्मा

काठमाडौँ । धनुषाका प्रहरी प्रमुखमा एसपी मित्रबन्धु शर्मालाई पठाउने निर्णय भएको छ । एसपी शर्मालाई धनुषामा काज सरुवा गरिएको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले बताए ।

त्यहाँ कार्यरत प्रहरी उपरीक्षक विश्वराज खड्कालाई सोमबार प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको थियो । मृत अवस्थामा फेला परेकी आरती साहको परिवारले खड्कालाई त्यहाँबाट हटाएर कारबाही गर्न माग गर्दै माइतीघरमा धर्ना बसिरहेका छन् ।

खड्का २०७९ पुस १२ मा धनुषामा सरुवा भएका थिए । सोमबार गृह मन्त्रालयले आरती साहको परिवारलाई वार्तामा आउन आग्रह गरेको थियो । संवादका लागी साहको परिवारले धनुषाका एसपीलाई हटाउनुपर्ने सर्त राखेसँगै उनलाई जिम्मेवारी मुक्त गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved