नाडाको नयाँ नेतृत्व छान्न मतदान शुरु

मतदानको लागि नाडाका सदस्यहरु बिहानदेखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका छन्।

नेपालभ्युज

नाडाको नयाँ नेतृत्व छान्न मतदान शुरु

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन शुरु भएको छ।

बिहान ८ बजेदेखि मतदान शुरु हुने भनिए पनि केही समय ढिला शुरु भएको छ।

मतदानको लागि नाडाका सदस्यहरु बिहानदेखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका छन्।

नाडाको ४५ औं वार्षिक साधारणसभा बुधबारदेखि शुरु भएको हो।

नाडाको नयाँ नेतृत्वका लागि व्यवसायी करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन्।

चौधरी र थापा समूह प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन्।

नाडाको नयाँ नेतृत्वको लागि २ हजार २ सय नाडाका सदस्यले मतदान गर्नेछन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved