काठमाडौं। भूकम्पका कारण हुन पुगेको भौतिक क्षतिको स्थलगत अध्ययन÷अनुसन्धानका लागि विज्ञहरूको टोली जाजरकोट र रूकुमपश्चिममा पुगेको छ ।
भौतिक क्षतिको सूक्ष्म अध्ययन गर्न १० जना विज्ञको टोली पुगेको छ ।
भूकम्पका कारण जाजरकोटमा निजी आवास, विद्यालय, स्वास्थ्य चौकीलगायत गरी ९१० भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त बनेको प्रारम्भिक विवरण छ।
जाजरकोट केन्द्रबिन्दु भएर सोमबार पुनः शक्तिशाली परकम्प जाँदा केही घरहरू भत्किएको र केही स्थानीय घाइते भएको प्रहरीले जनाएको छ । परकम्पले पु¥याएको क्षतिको यकिन विवरण आइसकेको छैन ।
शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय कार्ययोजना इकाईका सिनियर डिभिजनल इन्जिनियर लीला खतिवडाको नेतृत्वमा विज्ञहरूको टोली सोमबार भूकम्प प्रभावित क्षेत्रमा पुगेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा शहरी विकास मन्त्रालयले यो टोलीलाई बढीमा तीन दिनभित्र जाजरकोट र रूकुमपश्चिममा भूकम्पले पुर्याएको क्षतिबारे सूक्ष्म अध्ययन तथा अनुसन्धान गरेर प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको हो।
टोलीले तयार पारेको अध्ययन प्रतिवेदनका आधारमा भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको कस्तो मोडल अपनाउने भन्ने निष्कर्ष निकाल्न सरकारलाई सहज हुनेछ ।
आइतबारको मन्त्रिपरिषद् बैठकले पुनः निर्माण कार्य अघि बढाउँदा भूकम्प प्रतिरोधात्मक संरचना एक वर्षभित्र निर्माण गरिसक्ने निर्णय गरेको थियो ।
Facebook Comment
Comment