नेपाल विश्वकपमा पुगेको हेर्न मुलपानी पुगेका क्रिकेटप्रेमीको उत्साह (तस्वीरहरू)

जारी खेलको कुल ३५०० टिकट मात्र अनलाईन बिक्रि भएको थियो। तथापि, आफ्नो राष्ट्रलाई जिताउन नेपाली क्रिकेटप्रेमी मैदान बाहिरैबाट पनि लागिपरेका छन्।

नेपाल विश्वकपमा पुगेको हेर्न मुलपानी पुगेका क्रिकेटप्रेमीको उत्साह (तस्वीरहरू)

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसिया छनोट क्रिकेटको सेमिफानलमा यूएईविरुद्ध नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले यूएईले दिएको १३५ रनको लक्ष्यमा जावफी ब्याटिङ गरिरहेको छ।

नेपालले यो खेल जितेमा विश्वकपमा स्थान सुरक्षित गर्नेछ । अघिल्लो पटक सेमिफाइनलमा यूएईसँग हारेर नेपाल विश्वकपमा छनोट हुन सकेको थिएन ।

यसपटक नेपाललाई त्यसको बदला लिँदै विश्वकपमा छनोट हुने अवसर आएको छ ।

जारी खेलको कुल ३५०० टिकट मात्र अनलाईन बिक्रि भएको थियो। तथापि, आफ्नो राष्ट्रलाई जिताउन नेपाली क्रिकेटप्रेमी मैदान बाहिरैबाट पनि लागिपरेका छन्।

नेपालको बलिङ सुरु भएसँगै मैदानमा बाहिरबाट खेल अवलोकन गर्ने दर्शकको भीड चुलिएको छ। यस्तै, घरको छतबाट पनि नेपाली समर्थकलाई साथ दिनेको जमात पनि उर्जाले भरिपूर्ण छ। कतिले पर्खालमा नै उभेर पनि खेल हेरिरहेका छन्।

(मूलपानी क्रिकेट मैदान परिसरको केहि झलक)

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved