टी–२० विश्वकपमा छनोट हुन नेपाललाई १३५ रनको लक्ष्य

नेपालले यो खेल जितेमा विश्वकपमा स्थान सुरक्षित गर्नेछ । अघिल्लो पटक सेमिफाइनलमायूएईसँग हारेर  नेपाल विश्वकपमा छनोट हुन सकेको थिएन । यसपटक नेपाललाई त्यसको बदला लिँदै विश्वकपमा छनोट हुने अवसर आएको छ ।

नेपालभ्युज

टी–२० विश्वकपमा छनोट हुन नेपाललाई १३५ रनको लक्ष्य

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसिया छनोट क्रिकेटको सेमिफाइनलमा यूएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ।

मुलपानी क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको यूएईले पूरै ओभर खेलेर ९ विकेट क्षतिमा १३४ रन बनाएको हो।

यूएईको लागि वृत्य अरविन्दले सर्वाधिक ६४ रन जोडे। कप्तान मुहम्मद वसीमले २६ रनको योगदान गरे।

नोपलका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेले २ तथा रोहित कुमार पौडेल र सोमपाल कामीले १–१ विकेट लिए।

कुशल मल्लको अन्तिम ओभरमा यूएईका तीन विकेट झरेका थिए । दुई विकेट मल्लले लिए भने एउटा रनआउट भएको थियो ।

नेपालले यो खेल जितेमा विश्वकपमा स्थान सुरक्षित गर्नेछ । अघिल्लो पटक सेमिफाइनलमायूएईसँग हारेर  नेपाल विश्वकपमा छनोट हुन सकेको थिएन ।

यसपटक नेपाललाई त्यसको बदला लिँदै विश्वकपमा छनोट हुने अवसर आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved