टी–२० विश्वकप एसियाली छनोट

सिंगापुरविरुद्ध कुशल भूर्तेलको अर्धशतक

सिंगापुरले दिएको १४६ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

नेपालभ्युज

सिंगापुरविरुद्ध कुशल भूर्तेलको अर्धशतक

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा सिंगापुरविरुद्ध ओपनर कुशल भूर्तेलले ५० रन पूरा गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कुशलले २६ बलमा अर्धशतक पूरा गरेका हुन्।

उनले ६ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। अन्तर्राष्ट्रिय टी–२० मा यो उनको सातौँ अर्धशतक हो।

सिंगापुरले दिएको १४६ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved