गुटेरेससँग ओलीले भने- प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन समस्या भयो

भेटमा सहभागी एमाले नेता प्रदीप ज्ञवालीका अनुसार अध्यक्ष ओलीले प्रधानमन्त्रीले हिंसालाई बढावा दिएका कारण नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको बताएका हुन् ।

नेपालभ्युज

गुटेरेससँग ओलीले भने- प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन समस्या भयो

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन समस्या भएको बताएका छन् ।

आइतबार दिउँसो सिंहदरबारमा भएको भेटमा अध्यक्ष ओलीले महासचिव गुटेरेससँग यस्तो बताएका हुन् ।

भेटमा सहभागी एमाले नेता प्रदीप ज्ञवालीका अनुसार अध्यक्ष ओलीले प्रधानमन्त्रीले हिंसालाई बढावा दिएका कारण नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्न नसकेको बताएका हुन् ।

‘खास गरेर युद्ध सुरु भएको दिनलाई दिवसको रुपमा सेलिब्रेसन गर्ने जस्ता कामले यसले पीडितहरु चिन्तामा छन्’ ओलीको भनाइ उधृत गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने ।

भेटमा महासचिव गुटेरेसले जलवायु परिवर्तनका कारण नेपालले भोगेको पीडा नजिकबाट हेर्ने र यसलाई एझेण्डा बनाएर अघि बढ्ने आफ्नो चाहना रहेको बताए ।

साथै उनले शान्ति प्रक्रिया छिटो भन्दा छिटो टुंगियोस् भन्ने आफूले चाहेको सुनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved