मुगु सामुहिक हत्या घटना : अनुसन्धानका लागि प्रहरीको विशेष टोली घटनास्थलमा

नेपालभ्युज

मुगु सामुहिक हत्या घटना : अनुसन्धानका लागि प्रहरीको विशेष टोली घटनास्थलमा

मुगु। तीन छोराछोरीसहित आमाको शव फेला परेको घटनाबारे अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली घटनास्थल छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँ पुगेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख भीम ढकालका अनुसार मुगु घटनाको अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट दुई टोली घटनास्थल पुगेको हो।

टोली गएराति कालिकोट बसेर शनिबार बिहानै मुगु पुगेको हो।

मन्दु गाउँमा २६ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर मृत अवस्थामा फेला परेका थिए ।

घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा छ । हत्याको आशंका गरिएका चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा  राखिएको छ ।

मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेको बताइएको छ । प्रारम्भिक अनुसन्धानअनुसार मृतककी श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दसैंको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइत गएकी थिइन् ।

यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved