‘भष्मे डन’को एड्भान्स टिकट बिक्री उत्साहजनक

नेपालभ्युज

‘भष्मे डन’को एड्भान्स टिकट बिक्री उत्साहजनक

काठमाडौं। फिल्म ‘भष्मे डन’को एड्भान्स टिकट बिक्री उत्साहजनक देखिएको छ। बुधबार खुला गरिएका शोको एड्भान्स टिकट केही घण्टामै बिक्री ३० प्रतिशत हाराहारीमा छ।

क्यूएफएक्सले देशब्यापी आउटलेटमा दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई ६३ शोज दिएको छ। जसमध्ये राजधानी र केही जिल्ला सदरमुकामस्थित आउटलेटका हलमा टिकट बिक्री सन्तोषजनक देखिन्छ।

आइएनआइले तीन आउटलेटमा १५ शोज, दुई आउटलेटको वान सिनेमाजले १३ शोज, बिग मूभिजले ६ शोज, एफक्यूबले ९ शोज दिएका छन्। पछिल्लो सप्ताहन्तमा दुई भारतीय फिल्महरु लियो र गणपत पनि रिलिज हुने भएकाले ‘भष्मे डन’को प्राप्त शो सन्तोषजनक हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved