कोशीका पूर्वमुख्यमन्त्री राईको प्रस्ताव- यो प्रदेशसभा विघटन गरौं, फ्रेस म्यान्डेट लिएर अघि बढौं

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले कोशी प्रदेशसभा विघटन हुनुपर्ने तर्क गरेका छन् ।

नेपालभ्युज

कोशीका पूर्वमुख्यमन्त्री राईको प्रस्ताव- यो प्रदेशसभा विघटन गरौं, फ्रेस म्यान्डेट लिएर अघि बढौं

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले कोशी प्रदेशसभा विघटन हुनुपर्ने तर्क गरेका छन् ।

सरकार गठनका नाममा निकृष्ट खेल भएको भन्दै उनले प्रदेशसभाको मर्म जोगाउनका लागि भए पनि अहिलेको प्रदेशसभा विघटन गरेर फ्रेस म्यान्डेटमा जानुपर्ने बताएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा मागेको विश्वासको मतमाथिको छलफलमा बोल्दै राईले यस्तो बताएका हुन् ।

बजेट निर्माण होस् या प्रदेशको नामाकरणको मामलामा चोर बाटो अपनाइएको भन्दै उनले आक्रोश पनि व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved