पार्किङ गरेको ट्रकभित्र युवती बलात्कृत, नाबालिगसहित तीनजना पक्राउ

नेपालभ्युज

पार्किङ गरेको ट्रकभित्र युवती बलात्कृत, नाबालिगसहित तीनजना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं । युवती बलात्कार आरोपमा एक नाबालिगसहित तीनजना पक्राउ परेका छन् ।

विराटनगरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बलात्कार आरोपमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुलीका १६ वर्षीय बालकलाई पक्राउ गरेको छ।

युवतीले दिएको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरु तीनजना ‘सवारी मजदुर’ हुन् । पार्किङ गरिराखेको ट्रकभित्र बलात्कार भएको युवतीको उजुरीमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved