म्यानमारकी नेतृ सुकीलाई चार वर्ष जेल सजाय

आम नागरिकलाई भड्काएको र कोभिड-१९ रोकथामका नियमहरू उल्लंघन गरेको ठहर गर्दै उक्त सजाय सुनाइएको हो।

नेपालभ्युज

म्यानमारकी नेतृ सुकीलाई चार वर्ष जेल सजाय

काठमाडौं। म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय सुनाइएको छ। उनलाई आजीवन कारावास हुनसक्ने आरोपहरू उपर भएको निर्णयको पहिलो शृंखलामा यस्तो सजाय सुनाइएको हो।

उनलाई आम नागरिकलाई भड्काएको र कोभिड-१९ रोकथामका नियमहरू उल्लंघन गरेको ठहर गर्दै उक्त सजाय सुनाइएको हो।

सुकीलाई जम्माजम्मी ११ वटा मुद्दा लगाइएको छ। उनले ती सबै आरोप अस्वीकार गरेकी छन्।

गत फेब्रुअरीमा त्यहाँको सेनाले जननिर्वाचित सरकार अपदस्थ गर्दै कू गरेदेखि उनी नजरबन्दमा छिन्।

सुकीलाई कहिले जेल चलान गरिन्छ भन्ने चाहिँ बताइएको छैन।

७६ वर्षीया सुकीलाई भ्रष्टाचारदेखि गोप्यता भंग गरेको लगायतका अनेकौं आरोप लगाइएको छ। तीमध्ये केहीको मात्र सुनुवाइ भएको छ।

म्यानमारको सेनाले उनलाई एक सय चार वर्ष जेल सजाय दिने तयारी गरेको सुकीका हितैषी बताउँछन्।

बीबीसीबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved