नेपाल र लाओस बीचको खेल बराबरी

नेपालभ्युज

नेपाल र लाओस बीचको खेल बराबरी

काठमाडौं। विश्वकप फुटबल छनोटमा नेपाल र लओसबीचको खेल बराबरीमा सकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपाल र लाओसबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो। लाओसको लागि बौनफचान बौनकोङले गोल गरे। नेपालको लागि अन्जन विष्टले गोल गरे।

खेलको ३२ औं मिनेटमा गोल गर्दै बौनफचानले लाओसलाई अग्रता दिलाए। खेलको ४७ औं मिनेटमा अन्जनले गोल फर्काए। यससँगै खेल १–१ गोलको बराबरीमा पुग्यो।

यस्तै, नेपाल र लाओसबीच पहिलो चरणको दोस्रो खेल भने असोज ३० गते लाओसमा हुनेछ।

(दोस्रो हाफका केहि झलक)

(तस्वीर:सरोज बस्नेत)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved