घर-घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ : महामन्त्री थापा

नेपालभ्युज

घर-घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्छ : महामन्त्री थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घर घरमा स्वास्थ्य सेवा पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्ने पनि बताए ।

महामन्त्री थापाले मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउनुभन्दा घर-घरमै स्वास्थ्य सेवा पुर्‍याउने हो भने अस्पताल आउनुपर्ने मानिस घट्ने बताए । उनले ६०-७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान रहेको भन्दै यो डरलाग्दो रहेको बताए ।

उनले भने, ‘बाथ रोगको जनचेतना फैलाउन सबै मिलेर लाग्नुपर्छ । आज हामीले डाक्टरसाबको कुरा पनि सुन्यौँ । उहाँहरूको काम वर्षभर घर-घरमा स्वास्थ्य सेवा र जनचेतना फैल्याउने हो । हामीले स्वास्थ्य भनेपछि मान्छे बिरामी भएपछि उपचार लिन आउने केन्द्र बनाउँछौं । तर, घरमा स्वास्थ्यको सेवा पुग्यो भने अस्पताल आउनुपर्ने मानिस घट्छन् । घर-घरमा स्वास्थ्यको सेवा दिन घर-घरमा पुग्नुपर्छ । वर्षभर बाथ रोगको जनचेतना फैल्याउनुपर्छ । बाथरोगको बारेमा हामी सुन्यौँ । ६०-७० लाख जति मानिसलाई बाथ रोग भएको हुनसक्ने अनुमान छ । त्यसको बारेमा जानकारी समयमा नै थाहा पाउनुपर्छ । समयमै बाथ रोगको बारेमा थाहा पाउनुपर्छ र सूचना लिन पाउनुपर्छ ।’

महामन्त्री थापाले घर-घरमा स्वास्थ्य सेवा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का विभिन्न वडा र क्षेत्रमा गरिने बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved