काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्र संकटग्रस्त भइनसकेको बताएका छन् ।
बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र संकटग्रस्त क्षेत्र भइनसकेको स्पष्ट पारे । उनले मुलुकलाई समृद्धितिर लैजाने एक मात्र बाटो निजी क्षेत्र रहेको पनि बताए ।
निजी क्षेत्रमा विश्वासको वातावरण बनाउन सके र लगानीमैत्री वातावरण बनाउन सके मुलुक समृद्धितिर जाने बताउँदै उनले निजी क्षेत्रबारे पारम्परिक सोच हटाउन जरुरी रहेको बताए । उनले कृषिलाई उद्योगको हिसाबले नलगेसम्म मुलुक खाद्यान्नमा आत्मनिर्भर हुन नसक्ने बताए।
मन्त्री रिजालले भने, ‘अर्थतन्त्र संकटग्रस्त छ भन्ने कुरासँग म मान्यता राख्दिनँ, सहमत छैन । हामीले अर्थतन्त्रलाई उँभो लगाउन नसके पनि उँधोचाहिँ लागि हालेको छैन । त्यसैले, अर्थतन्त्र संकटग्रस्त क्षेत्र भइसकेको छैन । मुलुकलाई समृद्धितिर लैजाने एकमात्र बाटो निजी क्षेत्रलाई अघि बढाउनसके, विश्वासको वातावरण बनाउन सके र सम्पूर्ण लगानीमैत्री वातावरण बनाउनसके यो मुलुक समृद्धितिर जान्छ ।
आर्थिक समृद्धि भएन भने मुलुक र राजनीतिक व्यक्ति बन्न नसक्ने भन्दै सबैले सचेत भएर अघि बढ्न जरुरी रहेको भन्दै उनले निजी क्षेत्र अघि बढ्न नसके मुलुक अघि बढ्न नसक्ने बताए ।
Facebook Comment
Comment