करातेमा एरिका गुरुङलाई ऐतिहासिक सफलता, रजत पदक पक्का, स्वर्णका लागि भिड्ने

नेपालभ्युज

करातेमा एरिका गुरुङलाई ऐतिहासिक सफलता, रजत पदक पक्का, स्वर्णका लागि भिड्ने

काठमाडौं । १९औं एसियाली खेलकुदको करातेमा नेपाली खेलाडी एरिका गुरुङले रजत पदक पक्का गरेकी छन् ।

उनको स्वर्ण जित्ने सम्भावना कायमै छ । महिला ६८ किलो तौल समूहमा एरिकाले हङकङकी हो काइ यानलाई ८-४ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी हुन् ।

फाइनलमा उनले कजाकस्तानकी वेरुल्त्सेवा सोफियासँग प्रतिस्पर्धा गर्नेछिन् । उक्त खेल जिते एरिकाले इतिहास रच्नेछिन् ।

एरिका एसियाली खेलकुदमा रजतपदक जित्ने इतिहासमै दोस्रो खेलाडी भएकी छन् ।

यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले सन् १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन ।

सन् २०१८ मा इन्डोनेसियामा भएको जकार्ता एसियाडमा प्याराग्लाइडिङको टिम इभेन्टमा नेपालले रजत पदक जितेको थियो।

एरिकाले क्वार्टरफाइनलमा जापानी खेलाडी स्वी युजुकीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएकी थिइन् ।

फाइनल जितेमा एरिका एसियाली खेलकुदमा स्वर्ण जित्ने नेपालको पहिलो खेलाडी हुनेछिन् । फाइनल खेल अहिले केहीबेरमा  हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved