सामाजिक सद्भाव खलबलिने शंकामा नेपालगञ्जमा फेरि कर्फ्यु

शुक्रबार बिहानै जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो ।

नेपालभ्युज

सामाजिक सद्भाव खलबलिने शंकामा नेपालगञ्जमा फेरि कर्फ्यु
फाइल तस्वीर ।

बाँके। बाँकेको नेपालगन्जमा पुन: कर्फ्यु लगाइएको छ । हिन्दू मुस्लिम समुदायबीच विवाद कम हुँदै गएको भन्दै हिजो बिहीबार बेलुकादेखि रातिको समयमा मात्रै कर्फ्यु लगाउनेगरी दिउँसोको कर्फ्यु हटाइएको थियो ।

तर दुई समुदायबीच विवाद समाधानको साटो पुनः विवाद उत्पन्न भएपछि पुनः कर्फ्यु लगाउनुपरेको स्थानीय प्रशासनले जनाएको छ ।

शुक्रबार बिहानै जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी गरिएको आदेशमा शुक्रवार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ।

प्रशासन कार्यालयले जारी गरेको सूचनामा ‘नेपालगन्ज उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामाग्री टाँस्न वा लेख नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मा हुन नपाउने’ उल्लेख गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved