नेपालगन्जको कर्फ्यु साँझसम्म खुकुलो, निषेधाज्ञा भने जारी 

लगातार तीन दिनदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको लगाइएको कर्फ्यु आंशिक रूपमा खुला भएको छ। जनजीवन सामान्य बन्दै छ। 

नेपालभ्युज

नेपालगन्जको कर्फ्यु साँझसम्म खुकुलो, निषेधाज्ञा भने जारी 
फाइल तस्वीर ।

नेपालगन्ज। लगातार तीन दिनदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको लगाइएको कर्फ्यु आंशिक रूपमा खुला भएको छ। जनजीवन सामान्य बन्दै छ।

बुधबारको सर्वपक्षीय बैठकमा सामाजिक सद्भाव कायम गर्ने सहमति भएपछि आज बिहानदेखि कर्फ्यु खुकुलो पारिएको हो। आज बिहानदेखि साँझसम्म कर्फ्यु खुकुलो पारिए पनि निषेधाज्ञा भने जारी छ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आज बिहान ८ बजेदेखि साँझ ८ बजेसम्मका लागि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु हटाइएको जनाएको छ।

आज साँझ ८ बजेदेखि भोलि बिहान ६ बजेसम्म भने कर्फ्यु जारी रहने छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ५ जनाभन्दा बढी भेला हुन, जुलुस निकाल्न, भेला बैठक गर्न, पोष्टर पर्चा टाँस्न रोक लगाउँदै निषेधाज्ञा भने जारी राखेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved