सामाजिक सञ्जालबाट सद्भाव नबिथोल्न बाँके प्रशासनको आग्रह

नेपालभ्युज

सामाजिक सञ्जालबाट सद्भाव नबिथोल्न बाँके प्रशासनको आग्रह

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय बाँकेले सामाजिक सदभाव बिग्रिने गरी सामाजिक सञ्जालमा कुनै पनि सामग्री नराख्न आग्रह गरेको छ ।

प्रशासनले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सदभाव बिग्रिने गरी कुनै पनि व्यक्तिले सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक सञ्चार सामग्रीको प्रचारप्रसार नगर्न नगराउन अनुरोध गरेको हो ।

प्रशासनले नेपालगञ्जमा शान्ति सुरक्षा सुव्यवस्था कायम गर्नका लागि जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मीहरु प्रभावकारी एवम् समन्वयात्मक रुपमा परिचालन गरिएको जनाएको छ ।

बाँके प्रशासनले नेपालगञ्जमा मङ्गलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved