भारतको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आठ जनाको मृत्यु

नेपालभ्युज

भारतको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आठ जनाको मृत्यु
फाइल फोटो

नयाँदिल्ली। भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठ जनाको मृत्यु भएको क्षेत्रीय विपद् व्यवस्थापन निकायले सोमबार जानकारी गराएको छ ।

भारी बर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कैयौँ व्यक्ति घाइते भएका छन् । झारखण्डका केही भागमा शनिबारदेखि लगातार वर्षा भइरहेको छ ।

अविरल वर्षाका कारण घरहरु क्षतिग्रस्त हुनुका साथै सडकहरु डुबानमा परेका छन् र नदीहरूमा पानीको बहाव खतराको तहसम्म पुगेको विपद व्यवस्थापन अधिकारीले बताए ।

भारतीय मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म भारतका केही स्थानमा भारी वर्षा जारी रहने जनाएको छ  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved